Connect with us
Advertisement

शून्यका विरुद्ध ३ गोल गर्दै आयोजक सुन्दरहरैंचा सेमीफाइनलमा प्रवेश

Published

on

विराटचोकः सुुन्दरहरैंचाको शुक्रबारे खेल मैदानमा जारी प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा सुन्दरहरैंचा नगरपालिकाले रंगेली नगरपालिकालाई शून्यका विरुद्ध ३ गोल गरी सेमीफाइनलमा प्रवेश गरेको छ ।

खेलको १६ औं मिनेटमा सुन्दरहरैंचा नगरपालिकाको टिमका क्याप्टेन कोमल खवासले गोल गरी आफ्नो टिमको लागि खाता खोलेका थिए ।

त्यस्तै, खेलको ६२ औं मिनेटमा जर्सी नम्बरका १० का खेलाडी वीरेन्द्र लिम्बूले गोल गरेका थिए ।

खेलको ७४ औ मिनेटमा सुन्दरहरैंचाका प्रशान्त राईले थप १ गोल गरी शून्यका विरुद्ध ३ गोल गरी फराकिलो गोल अन्तरले आयोजक सुन्दरहरैंचा सेमीफाइनलमा प्रवेश गरेको हो ।

आजको खेलमा रंगेलीका विरुद्ध सुन्दरहरैंचा आक्रामक रुपमा प्रस्तुत भएको थियो । यद्यपि खेलमा रंगेलीले गोल गर्ने केही अवसर गुमाएको थियो ।

प्रतियोगितामा आयोजक सुुन्दरहरैंचाले विराटनगर महानगरपालिकालाई पराजित गरेको थियो ।

सुन्दरहरैंचाले खेलको ५ औँ, ९ औं, १० औं, १३ औँ, ३३ औँ, ३४ औं, ४७ औँ, ४८ औ, ५० औँ, ५१ औँ, ५२ औ, ५६ औ, ५८ औँ र ६६ औँ मिनेटमा गरेका प्रहारले जाली चुम्न सकेनन् ।

खेलको ४४ औँ मिनेटमा जर्सी नम्बर १० का खेलाडी वीरेन्द्र लिम्बूले गरेको फ्रि किक गोलमा परिणत हुन सकेको थिएन ।
रंगेली नगरपालिकाले खेलको ३७ औ, ४३ औ, ४९ औ, ५९ औँ, मिनेटमा गरेका प्रहारले पनि गोलको दिशा लिन सकेनन् ।
खेलको म्यान अफ द म्याच सुन्दरहरैंचाका टिम क्याप्टेन कोमल खवास घोषित हुँदै नगद २ हजार रुपैयाँ पाए ।

बैशाख ८ गते भएको खेलमा आयोजक सुन्दरहरैंचा नगरपालिकाले विराटनगर महानगरपालिकालाई शूून्यका विरुद्ध २ गोल गरेको थियो । रंगेली नगरपालिका भने बाइ पाएर सिधै सुन्दरहरैंचासँग खेल्न लागेको हो । अब बैशाख १२ गते सुन्दरहरैंचा नगरपालिकाले उर्लाबारी नगरपालिकासँग सेमीफानल चरणको खेल खेल्नेछ ।

भोलिको खेल पथरी र लेटाङ नगरपालिकाबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिकाले सहभागिता जनाएका छन् । तीमध्ये लेटाङ, सुनवर्षी, रतुवामाई र विराटनगर प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते सम्पन्न हुनेछ । फाइनलमा विजयी हुनेले ट्रफीका साथमा नगद ३ लाख र उपविजेताले ट्रफीका साथमा नगद १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

पूर्व वडा सचिव सम्मानित
कार्यक्रममा वडा नम्बर १२ का पूर्व सचिव अनिल पोखरेललाई सम्मान गरिएको थियो । वडा कार्यालयमा कार्यरत रहँदा सेवाग्राही वडावासीको काममा सहयोग पुर्याएको भन्दै उत्तरोत्तर प्रगतिको कामना गर्दै उनलाई सम्मान गरिएको मेयरकप फुटबल प्रतियोगिताको व्यवस्थापक शुक्रबारे युवा क्लबले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज – ०३ जेठ २०८१ बिहिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा पनि होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तजन सँग मनमुटाब बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा विश्वास गरेकैबाट धोका हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कार्य सिद्धिको योग छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कार्यमा अवरोध आउला । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Continue Reading

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

२ जेठ, २०८१ – बुधवार – आजको राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक